
काठमाडौं : नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले संक्रमित गन्ने बाहेक केही नगर्ने जानकारी गराउन सरकारलाई सूझाव दिएका छन्।
स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णयलाई लिएर टिप्पणी गर्दै नेता थापाले भनेका छन् – हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सिधै भनिदिनुस् ‘सरकार स्वयम संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ।’
थापाले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै कडा ट्विट गरेका हुन्।
स्वास्थ्य मन्त्रालयकाे पछिल्लो निर्णय"काेराेना संक्रमितले आफ्नो उपचार आफैं गर्नु"!
यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा@PM_Nepalबरु सिधै भनिदिनुस्"सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा रहेकोले अब उपरान्त संक्रमितकाे संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ"— Gagan Thapa (@thapagk) October 19, 2020
