Logo

सुकुटेवाट फर्कदा धुलिखेलको जिपलाइनमा प्रचण्डले यसरी मज्जा लिए



काठमाडौ । त नाव कम गर्न भन्दै काठमाडौ छोडेका पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धुलिखेलको जिपलाइन पुगेका छन् । उनी परिवार सहित विहिवार काठमाडौ बाहिर निस्केका थिए । शुक्रवार उनी पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन्।

बेला बेलामा प्रचण्ड कामको बोझ कम गर्न घर वाहिर निस्कने गरेका छन् । उनी विहिवार पनि परिवार सहित त नाव कम गर्न भन्दै सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्ट पुगेका थिए। फर्कने क्रममा परिवारसँगै उनले जिपलाइनको मज्जा लिएका हुन्। नाति नातिनीसहित पुगेका प्रचण्ड आफैंले क्लासिक जिपलाइनको अनुभव लिएका हुन्।

उनले आफुलाई यस्ता काम गर्दा निकै रमाइलो लाग्ने बताएका छन् । मलाई रमाइलो लाग्छ, उनले भने त्यसैले म यहाँ आएको हुँ । साहसिक काम गर्न मन पर्ने भएकाले जिपलाइनको पनि मज्जा लिएको उनले प्रतिकृया दिएका छन् ।

जिपलाइनको टेक अफ ९थाक्लेडाँडा, धुलिखेल० देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दूरी ११ सय मिटर रहेको छ। काठमाडौंबाट करिब ३५ किलोमिटर दुरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रूपमा सुरू भएको हो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता