Logo

आधा यात्रु विमानस्थलमै छोडेर जहाज उड्यो, मन्त्री आलेले विमास्थलमै पुगेर यात्रुसंग मागे माफी



काठमाडौ । निगमको जहाजले आधा मात्र यात्रु वोकर आधा जहाज खाली उडाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर छड्के जाँच गरेका छन् । विमानस्थल पुगेका आलेले यात्रुसँग माफी मागेका छन्।

सोमबार छड्के अनुगमनका लागि विमानस्थल पुगेका मन्त्री आलेले आइतबार नेपाल वायुसेवा निगमको जहाजले यात्रुलाई विमानस्थलमै छाडेर उडेको घटनामा यात्रुसँग माफी मागेका हुन्। आइतबार काठमाडौंबाट भोजपुर उड्ने क्रममा निगमको जहाजले सात जना यात्रुलाई छाडेर उडेको थियो।

टिकटमा लेखिएको समयभन्दा एक घण्टा अघि नै विमानस्थल पुगेका यात्रुलाईसमेत छाडेर निगमको जहाज उडेपछि यात्रुले मन्त्रालयमा गुनासो गरेका थिए। यात्रुको गुनासोपछि मन्त्री आले विमानस्थलको अनुगमनमा गएका हुन्।

अनुगमनपछि मन्त्री आलेले भने, ‘आइतबार भोजपुर जाने जहाजमा आधा यात्रु मात्रै किन लगियो, आधालाई किन छोडियो, कसरी त्यस्तो घटना भयो, गल्ती गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छु।’ अनुगमनका क्रममा मन्त्री आलेले विमानस्थलमा यात्रुलाई अब कुनै असहज हुन नदिने प्रतिवद्धतासमेत जनाएका छन्।

मन्त्री आलेसँग यात्रुहरुले विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु बोक्न नमान्ने, सरसफाइ नभएको, विमानस्थलमा यात्रुलाई चिया र कफीमा समेत ठ गी हुने गरेको लगायतका गुनासो गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता