Logo

 राम कुमारी झाँक्री ५ दलको समर्थनमा गुल्मीवाट चुनाव लड्ने घोषणा, के होला गोकर्ण विष्टको अवस्था ? 



भाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएपछि दुई पार्टीका नेताबीच एक अर्काका विरुद्ध टिप्पणी सुरु भएको छ । लामो समय माधव नेपालकै साथमा रहेका नेताहरु पनि नेपालको टिप्पणी गर्ने काममा अगाडी देखिन्छन् । उनीहरुले नेपाल पनि कुनै दिन एमालेमै फर्कन्छन् भन्दै अभिब्यक्ति दिँदै आएका छन् ।

एमाले विभाजन रोक्न अध्यक्ष केपी शर्मा ओलीले चालेको योजनामा फसेका १० भाई अहिले भने अप्टेरोमा परेका छन् । उनीहरुलाई पार्टीमा कुनै जिम्मेवारी दिइएको छैन । जेठ २ मा पार्टी फर्किएको भनिएपनि त्यसको कार्यान्वयन भएको छैन । यस्तो अवस्थामा अब कुनै बेला संगै ओली विरुद्ध संघर्ष गरेका नेताहरुबीच नै आगामी निर्वाचनमा प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एकिकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् ।

झाक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने हुने घोषणा गरेसंगै त्यसको प्रत्यक्ष असर गोकर्ण विष्टमा पर्ने देखिएको छ । गोकर्ण र झाँक्री कुनै बेला ओली विरुद्ध संगै संघर्षमा थिए । पार्टी विभाजनका बेला झाँक्रीले नेपालको साथ छोडिनन् भने विष्ट ओलीलाई साथ दिन पुगे । जुन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्ट निर्वाचित भए त्यहीँ झाँक्रीले आफ्नो उम्मेदावरी दिने घोषणा संगै सो क्षेत्रको आगामी निर्वाचन निकै रोचक हुने देखिएको छ ।

आगामी निर्वाचन सम्म पाँच दलीय गठबन्धनले तालमेल कायम रह्यो भने झाक्रीलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले समर्थन गर्न सक्ने आँकलन गरिएको छ । उता, विष्ट भने एमालेकै मतदाताको भर पर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता