Logo

एमालेमा फेरी विवाद, भीम रावलले गरे बैठक बहिष्कार



काठमाडौ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक उपाध्यक्ष भीम रावलले वहिष्कार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले उनको कुरा सुनुवाई नगरेका कारण बैठक वहिष्कार गरेका हुन् । आइतवारको केन्द्रीय कमिटी बैठकमा रावल अनुपस्थित भएका छन् ।

आइतबार विहान ११ बजेबाट बैठक सुरु भएको थियो । शुक्रबारदेखि सुरु भएको बैठकमा आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल भएको थियो ।

१० वटा समूह बनाएर उक्त प्रतिवेदनबारे सुझाव आएको थियो । सो समूहमा माधव नेपालको साथ छोडेर आएका कसैलाई पनि टोली नेता बनाइएन । उनीहरुलाई पुरै जिम्मेवारीवाटछ बाहेक गरिएको छ । आइतवारको बैठकमा १० वटा समूहबाट आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएका छन् । तर आजको बैठकमा उपाध्यक्ष रावल अनुपस्थित भएका हुन् । रावलले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्ट जनाउँदै आएका थिए ।

शुक्रबारको बैठकमा १० बुँदे कार्यान्वयनबारे प्रश्न गरेका रावललाई अध्यक्ष ओलीले केन्द्रीय कमिटीकै बीचमा स्थायी समिति बसेर त्यसबारे आवश्यक निर्णय गर्ने बताएका थिए । तर, ओलीले त्यो प्रतिवद्धता पनि पुरा गरेननन् । ओलीले आइतबार केन्द्रीय कमिटी बैठक समापन हुँदा सम्म पनि स्थायी समिति बैठक बोलाएनन् । आफ्नो माग सुनुवाई नभएपछि रावलले केन्द्रीय कमिटी बैठक पनि वहिष्कार गरे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता