Logo

गृहजिल्ला पुगे पछि अचानक भीम रावललाई के भयो  ? ओलीलाई दिए चुनौती



 

काठमाडौ । नेकपा एमाले विभाजन रोक्न अध्यक्ष केपी शर्मा ओलीले आफु २०७५ जेठ २ को अवस्थामा पार्टीलाई लैजान सहमत भए । उनको त्यो सहमति पछि माधव नेपाल पक्षमा रहेका प्रभावशाली नेताहरु एमालेमै रहने निर्णयमा पुगे । नेपालले नयाँ पार्टी दर्ता गर्नु गलत भन्दै ओलीको साथ दिए ।

तर त्यो सहमति धरमर भएको छ । ओलीले सुदूरपश्चिममा इन्चार्जमा भीम रावललाई कायम राखेनन् । उनलाई पार्टीको उपाध्यक्षको हैसियतले जिम्मेवारी निभाउनु भन्दै निर्देशन दिए । त्यसपछि भीम रावल झस्किए । उनले अब १० बुँदे सहमतिमा ओली इमान्दार हुन नसकेको संकेत गरे र आफ्ना निकटकाहरुसंग छलफलमा बसे । एमाले दलको बैठक पनि वहिष्कार गरे ।

रावलका कारण सुदुरपश्चिममा माधव नेपाल बलियो भएका छन् । सुरुमा रावलकै पक्षमा रहेका नेताहरुले नै रावलले गुट फेरेपछि उनको साथ छोडे । माधव नेपालकै साथमा बसे । जसका कारण अहिले रावल नै कमजोर देखिएका छन् । एमाले सुदूरपश्चिममा पहिलो ठूलो दलबाट झरेर चौंथो स्थानमा पुगेको छ । नेकपा एस सबैभन्दा ठूलो दल बनेको छ । त्यसपछि माओवादी र काँग्रेस छन् । यसले रावललाई धक्का पुगेको छ ।

एमालेमा रावल उपाध्यक्ष छन् । तर, सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा लेखराज भट्ट कायम रहेको ओलीको निर्णय छ । त्यसलाई उनी मान्न तयार छैनन् । १० बुँदे सहमति हुबहु कार्यान्वयनमा जोड दिदै २ जेठ २०७५ को अवस्थामा पार्टी संरचना कायम राख्ने भनिएकाले आफू नै इञ्चार्ज रहेको रावलको दाबी छ । उनले मङ्गलबार धनगढी पुगेर आफू नै इञ्चार्ज भएको बताए । ओलीलाई गृहक्षेत्रबाट चुनौती दिए ।

रावलले पेलेर जान खोजे कडा रुपमा प्रस्तुत हुने समेत बताए । उनले पेलाई मान्य नहुने भन्दै आफू विभाजनसँगै पेलाईको विरुद्ध संघर्षमा रहेको बताए । यसले एमालेभित्र ओली र रावलबीच नयाँ द्वन्द्व चलेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता