Logo

भारतमा झण्डै ७२ लाख व्यक्ति कोरोना संक्रमणमुक्त



काठमाडौं। पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ८३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ कोभिड-१९ का कारण ५०५ जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७९ लाख ४५ हजार ८८८ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १९ हजार ५३५ जनाले ज्यान गुमाएका छन्।

भारतमा ७१ लाख ९८ हजार ७१५ जना संक्रमणमुक्त भएका छन्।

अहिले त्यहाँ छ लाख २७ हजार ६३८ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता