Logo

भारतमा फेरि बढ्यो कोरोना, एकैदिन थपिए ४ हजारबढी संक्रमित



 

काठमाडौं जेठ २१, २०७९ । भारतमा फेरि कोरोना बढेको छ। शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । र्यो ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो ।

 

महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २४ हजार ६५१ जनाको निधधन भइसकेको छ । तर, कोभिडबाट निधन हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्याङ्कभन्दा बढी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसअघि कोभिडको हटस्पट बनेको महाराष्ट्रमा धेरै संक्रमित देखिएका छन् । बढ्दो नियन्त्रण गर्न केन्द्रिय स्वास्थ्य मन्त्रालयले महाराष्ट्र, केरला, तेलंगना, कर्नाटक र तमिल नाडु राज्य सरकारलाई पत्राचार गरेको छ । भारतमा हालसम्म ८५ करोड १७ लाखभन्दा बढीको कोभिड परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता