Logo

फेरि बढ्न थाल्यो कोरोना   देशभर २१७ जना सक्रिय संक्रमित



 

 

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै २३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३ हजार ९४ जनाको परीक्षण गर्दा ३२ जना संक्रमित थपिएका हुन् । योसँगै देशभर २१७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

अर्को पनि
काठमाडौं । काठमाडौं महानगरमा नेपाली कांग्रेसको तर्फबाट मेयर पदको उम्मेदवार सिर्जना सिंहले काठमाडौं महानगरवासीलाई ठूला सपना देखाउने भन्दा पनि व्यवस्थित र सफा काठमाडौं बनाउन प्रमुख भूमिका खेल्ने बताएकी छन् ।

काठमाडौंका सडकमा गरिबले पानी खान र शौचालय समेत जान नपाउने अवस्था रहेको बताउँदै मेयर निर्वाचित भएमा सजिलै यस्ता समस्या समाधान गर्ने बताइन् । विकसित भएर पनि अव्यवस्थित भएको काठमाडौंलाई व्यवस्थित गर्ने उनले बताइन् ।

त्यस्तै उनले जेष्ठ नागरिकको समस्या अत्याधिक रहेको बताउँदै जेष्ठ नागरिक भवन वा खाली जग्गामा पार्क बनाउने बताइन् । यस्तै उनले ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र र जेष्ठ नागरिक भवन बनाउने पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता