Logo

आज चार हजार २५५ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा कोरोना देखियो



 

काठमाडौ । कोरोनाको आज नौ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार २५५ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा कोरोना देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २११ रहेका छन् । पछिल्लो समय १८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ६७४ पुगेको छ । निको हुने दर ९८।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आजकोरोना बाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएको जिल्लाको सङ्ख्या ३१ पुगेको छ । नेपालमा कोरोना दर १७।४ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३।४ जनाको निधन भएको छ । हाल होम आइसोलेशनमा २०९ संस्थागत आइसोलेशनमा दुई र सघन उपचार कक्षमा एक जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा १६ हजार १० जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता