Logo

भारतमा फेरि बढे कोभिड संक्रमित, एकैदिन २१४ जनाले गुमाए ज्यान



 

एजेन्सी । भारतमा कोभिड संक्रमित फेरि बढेका छन् । दैनिक संक्रमितको संख्यामा निरन्तर गिरावट आएको भारतमा पछिल्लो एक सातामा सं क्र मण दर बढ्को हो ।पछिल्लो २४ घन्टामा २ हजार १ सय ८३ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनमा ८९ दशमलब ८ प्रतिशतले बढी हो । आईतबार १ हजार १ सय ५० जनामा संक्रमण देखिएको थियो ।

पछिल्लो २४ घन्टामा कोभिडका कारण २१४ जनाको मृत्यु भएको छ । दैनिक संक्रमण दर शून्य दशमलब ३१ बाट बढेर शून्य दशमलब ३ प्रतिशत पुगेको छ । सक्रिय संक्रमितको संख्यामा भने थोरै मात्र गिरावट आएको छ ।

सक्रिय संक्रमितको संख्या ११ हजार ५५८ बाट घटेर ११ हजार ५४२ पुगेको छ । दिल्ली र छेउछाउका शहर गाजियाबाद र नोयडाका धेरै विद्यार्थीहरूले पछिल्ला केही सातामा कोभिड पोजेटिभ देखिएको छ । विद्यार्थीमा कोभिड देखिएपछि केही विद्यालय बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता