Logo

विश्व स्वास्थ्य संगठनका प्रमुख डा : ट्रेडोस नेपाल आउँदै



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा। टेड्रोस एड्हानोम गेहब्रेयसस आगामी साता नेपाल आउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा डा। टेड्रोस ८ वैशाखमा नेपाल आउने भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले डा। टेड्रोस तीन दिन नेपालमा रहने कार्यक्रम रहेको जानकारी दिए ।

नेपालमा रहँदा डा टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम छ । ।

ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा। पुनम क्षेत्रपाल सिंहलगायतको टोली नेपाल आउने छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता