Logo

चीनकोमा एकैदिन थपिए कोरोनाका २० हजार नयाँ संक्रमित



काठमाडौं । चीनको संघाई सहरमा एकैदिन कोभिड(१९ का २० हजार नयाँ संक्रमित थपिएका छन्। सहरभर कोरोना परीक्षण भइरहेको समयमा संघाईमा लगातार छैटौं दिन नयाँ संक्रमितको संख्याले नयाँ उचाइ छाएको हो।

बिहीबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १९ हजार ९८२ नयाँ संक्रमित थपिएका छन्। नयाँ संक्रमितमध्ये लक्षण देखिएका संक्रमितको संख्या भने ३२२ मात्र छ। अघिल्लो दिन लक्षण सहितका संक्रमितको संख्या ३११ थियो। बाँकीमा भने कुनै लक्षण देखिएको छैन।

संघाईमा ओमिक्रोन भरियन्टसहितको कोरोना संक्रमण फैलिएसँगै ठूलो संख्यामा मानिसहरु संक्रमित भएका हुन्। यससँगै चीन सरकारले सहरमा कोरोना नियन्त्रणको लागि आवश्यक कदम चाल्न भन्दै स्वास्थ्य नियामकलाई पत्र पठाएको छ।

साथै विभिन्न प्रान्त तथा चिनियाँ सेनाले पनि कोरोना नियन्त्रणको लागि स्वास्थ्यकर्मीहरु तथा स्वास्थ्य सामग्रीसहितको टोली संघाई पठाएका छन्। मार्च १ बाट पछिल्लो कोरोनाको लहर सुरु भएयता संघाईमा अहिलेसम्म १ लाख १४ हजार कोरोना संक्रमित फेला परिसकेका छन्।

अहिले २ करोड ५० लाख मानिसको बसोबास रहेको संघाई सहर पूरै लकडाउन गरिएको छ। साथै संघाईको स्वास्थ्य नियामकले सहरव्यापीरुपमा कोरोना परीक्षण गरेर संक्रमण शून्यमा झार्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता