Logo

सं क्र मण बारे डब्लूएचओ ले विश्वलाई दियो सुखद समाचार, विश्वमा खुसियाली



काठमाडौं । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ ।

सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । ‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ,’ उनले भने ।

अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड सं क्र मण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् । अमेरिकामा कोभिड संक्रमण विस्तारै घट्दो क्रममा छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ भेरियन्टबाट आत्तिहाल्नु पर्ने अवस्था नभएको जनाएको छ । उसले ओमिक्रोनबाट आत्तिनु पर्दैन तर त्यसबाट बच्न पूर्वतयारी भने आवश्यक रहेको बीबीसीमा समाचार छ ।

डब्लूएचओका वैज्ञानीक सौम्या स्वामीनाथनले नयाँ भेरियन्ट ओमिक्रोनबारे अनुसन्धान जारी रहेकाले अहिले आत्तिहाल्नु पर्ने अवस्था आइनसकेको बताएकी छन् । नयाँ भेरियन्ट माथि खोपको प्रभावकारीताका बारेमा समेत अनुसन्धान भइरहेको उनले बताइन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता