Logo

घट्यो पिसिआर परीक्षणको शुल्क, सरकारी र निजीमा यस्तो छ नयाँ शुल्क



 

काठमाडौ । पिसिआर परीक्षण शुल्क महंगो भयो भन्ने गुनासो आएकै बेला सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ । विहिवार यसवारे सार्वजनिक गरिएको हो । यसअघि सरकारी अस्पतालमा एक हजार रुपैयाँ शुल्क लिने गरिएको थियो । निजी अस्पतालहरुमा दुई हजार लिने गरिएको थियो । पछिल्लो समय संक्रमण बढ्दै गएको बेला पिसिआर गराउनेहरुको पनि भिड बढेको छ ।

अबदेखि ८ सय मात्र शुल्क लिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै निजी प्रयोगशालाहरूले दुई हजार लिँदै आएकोमा अबदेखि एक हजार ५०० तोकिएको हो ।

सरकारले कन्ट्याक्ट ट्रेसिङमा परेका र कोभिडको लक्षण देखिएकाहरूको भने निःशुल्क परीक्षण गर्दै आएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीर कुमार अधिकारीले यसअघि लिइने शुल्क घटाएको बताए । विश्वबजारमा पिसिआर परीक्षण गराउने किटको लागत कम भएसँगै परीक्षण शुल्क घटाइएको उनको भनाइ छ ।

अहिले निजी अस्पतालहरुमा पीसीआर परिक्षण शुल्क २ हजार निर्धारण गरिएको थियो । केही अस्पतालमा त्यो भन्दा बढी पनि लिने गरेका थिए । ठूलो संख्यामा पीसीआर परिक्षण गर्ने बढेको र त्यो शुल्क महंगो भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ शुल्क निर्धाण गरेको हो । मन्त्रालयका सचिव रोशन पोखरेलले नयाँ शुल्क निर्धारण गरेको बताए । त्यसका लागि मन्त्रालयले समिति पनि बनाएको थियो ।

मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सचिव पोखरेलले यसवारे जानकारी गराएका थिए । समितिले गरेको सिफारिसका आधारमा सरकारले नयाँ शुल्क निर्धारण गरेको हो ।

सांसदहरुले ८०० रुपैयाँमै पीसीआर टेष्ट गर्न सकिने विषय आएको भन्दै दुई हजार किन रु भनी प्रश्न गरेका थिए । साथसाथै सांसदहरुले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमै पीसीआर टेष्टको शुल्क लिने गरिएको भनी सरकारको ध्यानाकर्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता