Logo

एकै दिन १० हजार बढी संक्रमित भएपछि के लकडाउन होला  ?  मन्त्रालयका सचिव यस्तो भन्छन्



 

काठमाडौ । मंगलवार महामारी सुरु भए यताकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । एकै दिन १० हजार भन्दा बढी संक्रमित थपिएको पहिलो पटक हो । कोभिडले महामारीको रुप लिएपछि अब फेरी उपत्यकामा पूर्ण लकडाउन हुन्छ की भन्ने जिज्ञासा छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तत्काल लकडाउन गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको मंगलवा बसेको बैठकमा मन्त्रालयका सचिव डा। रोशन पोखरेलले सकेसम्म लकडाउन गर्ने पक्षमा मन्त्रालय नभएको बताए । यसले गर्ने आर्थिक क्षतीलाई हेरेर लकडाउनका विषयमा निर्णय नलिने मन्त्रालयका सचिवको भनाई छ । करिब दुई वर्ष बन्द भएका ब्यवसायीक क्षेत्र भर्खर उकालो लागेको बेलामा फेरी लकडाउन गर्न नहुने उनको भनाई छ ।

तर संक्रमण फैलिएको क्षेत्रलाई भने बन्द गर्न सकिने उनले बताए । उनले भने, ‘कतिपय क्षेत्र बन्द गर्नुपर्ने हो भने दुईतीन हप्ता बन्द गरेर पुनः सञ्चालन गर्न सकिन्छ ।’ संक्रमण बढ्दै जाँदा खोप केन्द्रहरुमा अत्याधिक भिड बढेको छ । भीड व्यवस्थापनमा अरु निकायले पनि ध्यान दिनुपर्नेमा उनको जोड छ । भविष्यमा अरु भेरियन्ट पनि आउन सक्ने सम्भावना हुँदा सरकार तयारी अवस्थामा रहनुपर्नेमा उनले जोड दिए।

यो पनि पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ सय ८९ जना कोभिड संक्रमित थपिएका छन्। काठमाडौंमा ३ हजार ७२३, ललितपुरमा ९१६ र भक्तपुरमा ५५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोभिडबाट काठमाडौंमा एकजनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार परीक्षण गरिएकामध्ये ४४।९३ प्रतिशतमा कोभिड पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता