Logo

आयो सुखद् खबर ! कोभिड संक्रमणको असरलाई कमजोर बनाउने जीन पत्ता लाग्यो



काठमाडौ । विश्वभर कोभिडको नयाँ भेरियन्टको महामारी फैलिएको बेला विज्ञहरुले एक सुखद् खबर सार्वजनिक गरको छन् । विज्ञहरुले कोभिड संक्रमणको असर कम गर्ने जीन पत्ता लागेको दावी गरेका छन् । स्विडेनका वैज्ञानिकले यस्तो जीन पत्ता लगाएको दावी गरेका हुन् । उनीहरुले २० प्रतिशत सम्म कोभिड संक्रमणको असर कम हुने दावी गरेका छन् । ग म्भि र अवस्थामा पुगेका संक्रमितका लागि यो प्रभावकारी हुने समेत बताइएको छ ।

वैज्ञानिकहरूले आफूहरूको पछिल्लो खोजबाट कोभिड विरुद्ध प्रभावकारी औषधि बनाउन सहज हुने बताएका छन् । हालै पत्ता लागेको जीनले मानव शरीरलाई कोभिड संक्रमण गराउने सार्स सीओभी २ भाइरसलाई निस्तेज पार्ने प्रोटिन बनाउन प्रेरित गर्ने वैज्ञानिकहरूको भनाइ छ ।

वैज्ञानिकाका अनुसार ‘आरएस १०७७४६७१९जी’ नामक जीनले ओएएस९१ नामक प्रोटिनको लम्बाइ निर्धारण गर्छ । यो प्रोटिन जति लामो हुन्छ त्यति नै प्रभावकारी रुपमा कोभिड९१९ लाई निस्तेज पार्न सक्छ ।

‘हामीले कोभिड १९ को नयाँ औषधि विकासको मुख्य आधार भनेको जीनका कारण उत्पन्न हुने जोखिम ९जेनेटिक रिस्क फ्याक्टर० हो भनेर बुझ्न थालेका छौं’, अनुसन्धानको सहलेखन गरेका म्याकगिल विश्वविद्यालयका ब्रेन्ट रिचार्ड्सले भने ।

यसबाहेक, यसबाट मानिसपिच्छे कोभिड भाइरसका लक्षण फरक हुनुको कारण समेत खुलेको छ । अर्थात् पछिल्लो खोजपछि कोभिड भाइरसले कसैलाई ग म्भी र र कसैलाई सामान्य असर गर्नुको रहस्य खुलेको छ । अर्को अर्थमा भन्दा जुन मानिसमा ‘आरएस १०७७४६७१९जी’ अस्तित्वमा हुन्छ ती मानिसमा कोभिड भाइरसको असर कम हुन्छ । तर यो जीन नहुने मानिसलाई भाइरसले ग म्भी र संक्रमण गर्छ ।

स्विडेनको क्यारोलिन्स्का इन्स्टिच्युटका अनुसन्धानकर्ताले पत्ता लगाएको जीन श्वेत वंशका ३ जना युरोपेलीमध्ये १ जनामा फेला परेको डेली मेलले जनाएको छ । त्यस्तै, अफ्रिकी वंशका १० जनामध्ये ८ जनामा यो जीन फेला परेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता