Logo

कोभिड विरुद्धको बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता घटाउने, स्वास्थ्यमा समस्या



 

काठमाडौ । कोभिड नियन्त्रणका लागि वुस्टर डोज उपयुक्त हुने कुरा उठीरहेकै बेला विज्ञहरुले भने यसले थप रोग प्रतिरोधात्मक क्षमतालाई घटाउने बताएका छन् । कोभिडविरुद्ध दिइने बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमता घटाएर स्वास्थ्यमा असर गर्ने युरोपेली युनियनअन्तर्गतको स्वास्थ्यसम्बन्धी एउटा नियामक निकायले चेतावनी दिएको छ ।

‘कोभिडको नयाँ भेरियन्टहरु आइरहँदा केही विज्ञहरुले भने वुस्टर डोजको आवश्यकता औल्याएका छन् । तर हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउने युरोपेली मेडिकल निकायले जनाएको छ । यि निकायले वारम्बार वुस्टर डोज दिन नहुने उल्लेख गरेको छ ।

लामो समयको अन्तर पारेर मात्र बुस्टर डोज दिन पनि सो निकायले विभिन्न देशहरुलाई अनुरोध गरेको छ । ओमिक्रोनका कारण संक्रमितको संख्या बढेपछि विभिन्न देशहरुले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएको हो ।

तर विश्व स्वास्थ्य संगठनका विज्ञहरुले भने ओमिक्रोन सबैलाई हुने र यसलाई वुस्टर डोजले पनि रोक्न नसक्ने चेतावनी दिएका छन् । यद्धपी ओमिक्रोन खतरनाक भने नहुने उनीहरुले उल्लेख गरेका छन् । डब्लुएचओका भारतीय विज्ञहरुले यस्तो जनाएका हुन् । कतिपयले ओमिक्रोन संक्रमित भएको थाहै नपाएर निको हुने पनि उल्लेख गरेका छन् ।

यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको थियो । बेलायतले पनि कोभिडबाट रक्षा गर्ने भन्दै दोसो बुस्टर डोज दिने तयारी गरेको छ । अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोजबारे आवाज बढेको छ । युरोपपछि अहिले अमेरिकामा संक्रमितको संख्या तीव्र बढेको छ । संक्रमित बढे पनि तत्काल प्रतिबन्धात्मक व्यवस्था भने लागू गरिएका छैनन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता