Logo

मुख्यमन्त्री कोभिड संक्रमित, सम्पर्कमा रहेकाहरुलाई परिक्षण गर्न आह्वान



 

काठमाडौ । विश्वमा फेरी कोभिड महामारीको रुपमा फैलने संकेत देखिएको छ । भारतमा कोभिड नियन्त्रण वाहिर जाने देखिएको हो । त्यसले नेपाललाई पनि जोखिम बढाएको छ । भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोभिड संक्रमित भएका छन् । मुख्यमन्त्री केजरीवालले मंगलबार बिहान ट्विटमार्फत आफू कोभिड संक्रमित भएको भएको जानकारी दिएका हुन् ।

उनले आफूलाई सामान्य लक्षण देखिएको र घरमै आइसोलेसनमा बसेको पनि जानकारी दिएका छन् । उनले पछिल्ला दिनमा आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई पनि आइसोलेसनमा बस्न र कोभिड परीक्षण गराउन आग्रह गरेका छन् ।

मुख्यमन्त्री केजरीवाल पन्जाब, उत्तर प्रदेश र उत्तराखण्डमा हुन गइरहेको विधानसभा चुनावको प्रचारप्रसार कार्यक्रममा सहभागी हुँदै आएका थिए । आइतबार उनी उत्तर प्रदेशमा आयोजित एक सभामा सहभागी भएका थिए ।

दिल्लीमा पछिल्ला दिनमा कोभिड संक्रमितको संख्यामा समेत वृद्धि भइरहेको छ । सोमबार थप ४ हजार ९९ जनामा संक्रमण पुष्टि भएको दिल्ली सरकारले जनाएको छ । आइतबारको तुलनामा २८।३३ प्रतिशतले संक्रमण बढेको छ । आइतबार ३ हजार १ सय ९४ मा संक्रमण पुष्टि भएको थियो ।

दिल्लीमा अहिले करिब ११ हजार सक्रिय संक्रमित रहेका छन् भने ४२० जना अस्पतालमा उपचाररत छन् । दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार दिल्लीमा नयाँ पुष्टि भएका केसमध्ये अधिकांश ओमिक्रोन भेरिएन्ट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता