Logo

स ङ्क्र मण बाट मृ त्यु भएका परिवारलाई बीस हजार सहयोग



 

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा सङ्क्रमणका कारण ज्या न गुमाएकाको परिवारले रु २० हजारका दरले राहत प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७८÷८९ मा विनियोजित गरेको रु तीन लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन् ।

काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले भन्नुभयो, “ सङ्क्रमणबाट ज्यान गुमाउनेको परिवारका लागि सानो भए पनि राहत होस् भन्ने हेतुले रकम प्रदान गरेका छौँ ,स्थानीय सरकारले घाउँमा मल्हममात्रै लगाउन खोजेको हो, कोरोनाका कारण बेरोजगार भएर नेपाल आएकालाई सीमानाकाबाट घर ल्याउने, क्वारेन्टिनमा राख्ने, परीक्षण, औ षधोपचार तथा निःशुल्क एम्बुलेन्स सेवासमेत दिएको थियो ।”

गाउँपालिकाले कोरोनाका कारण बेरोजगार भएर घर फर्केकालाई प्राथमिकतामा राखेर प्रभानमन्त्री रोजगारी कार्यक्रमलाई आ व द्ध बनाइराखेको छ । गाउँपालिकाले कोरोना महामारीमा काठमाडौँ, काँकडभिट्टा, सुनौलीलगायत नाकाबाट नागरिकको निःशुल्क उद्धारसमेत गरेको थियो । गण्डकी प्रदेश सरकारले समेत कोरोनाबाट मृत्यु भएकाको परिवारलाई जनही रु ५० हजार दिने निर्णय गरेको छ । यसअन्तर्गत बागलुङका १० मृतकका परिवारले रु ५० हजार राहत रकम पाइसकेका छन् भने अन्यको कागजात स ङ्कल नको काम भइरहेको स्वास्थ्य कार्यालय का प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।

जिल्लामा स ङ्क्र मणबाट मृ त्यु भएको सङ्ख्या ७२ छ । तर बागलुङ ठेगाना भई अन्यत्र उपचारका क्रममा मृ त्यु भएकाको सङ्ख्या जोड्दा १०० भन्दा बढी पुग्नेछ । उ हाँले भन्नुभयो, “गाउँपालिकाको स्वास्थ्य शाखाबाट हामीले तथ्याङ्क लिइरहेका छौँ, सङ्कलित तथ्याङ्कबाट मासिकरूपमा हामीले भु क्तानी गर्ने गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता