परिक्षणवाट पनि पत्ता नलाग्ने ओमिक्रोनको फेरी अर्को नयाँ रुप पनि आयो , वैज्ञानिक यसो भन्छन्

एजेन्सी । कोरोनाको नयाँ संस्करण ओमिक्रोनको पहिलो संक्रमित दक्षिण अफ्रिकामा भेटिएको थियो। विश्व स्वास्थ्य संगठनले ले ओमिक्रोनलाई सावधानी अपनाउनुपर्ने संक्रमितको एक प्रकारको रूपमा सूचीबद्ध गरेको छ। अब यो भेरियन्टको बारेमा एउटा ठूलो कुरा बाहिर आएको छ।
ओमिक्रोन संस्करण दुई वंशहरू बि ए १ र वि ए २ मा विभाजन गरिएको छ। ओमिक्रोनको नयाँ वंश विए २ को धेरै संक्रमितहरू दक्षिण अफ्रिका, अष्ट्रेलिया र क्यानडामा भेटिएको भाइरोलोजिस्टहरू बताउँछन्। वैज्ञानिकहरूले नयाँ प्रकारको ओमिक्रोन पत्ता लगाउन अझ गाह्रो भएको बताएका छन्।
ओमिक्रान मा ५० भन्दा बढी उत्परिवर्तनहरू छन्। यसको पहिलो केस ८ नोभेम्बरमा दक्षिण अफ्रिकामा फेला परेको थियो। त्यसयता भारतसहित ३४ देशमा फैलिसकेको छ । विज्ञहरू भन्छन् कि ओमिक्रोनलाई वंशहरूमा विभाजन गर्नु वैज्ञानिकहरूको लागि बढी चासोको विषय हो किनभने यसले महामारी विज्ञानलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्दछ। आम मानिसले चिन्तित हुनुपर्ने केही छैन ।
ओमिक्रोनको यी दुई वंशहरू तिनीहरूको उत्परिवर्तनको आधारमा विभाजित छन्। यी म्युटेसनहरू मध्ये केही दुवै भेरियन्टहरूमा सामान्य छन् तर केही दुवै वंशहरूमा फरक छन्। चाखलाग्दो कुरा के छ भने, एस९जीन वंश विए १ मा फेला पर्दैन, अवस्थित ओमिक्रोन संस्करणलाई पिसिआर मार्फत पहिचान गर्न सकिन्छ जबकि दोस्रो वंशमा, विए २ पिपसआरवाट पत्ता लगाउन सकिदैन । त्यसैले ओमिक्रोन को यो नयाँ रूप पत्ता लगाउन अझ गाह्रो हुन सक्छ।