Logo

डब्ल्यूएचओले घोषणा नगर्दै नेपालमा ओमिक्रोन भित्रिसकेको पुष्टी



 

काठमाडौ । कोभिडले करिब २ वर्ष आक्रान्त बनायो । जब जनजिवन सामान्य बन्दै गयो फेरी यसको नयाँ भेरियन्ट ओमिक्रोनको महामारीको सम्भावना तर्फ पनि सरोकारवालाले ध्यानाकर्षण गराउँदै आएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ओमिक्रोनवारे २३ नोभेम्बर ९मंसिर ७ ) मा यसवारे विश्व समुदायलाई जानकारी दिएको थियो । दक्षिण अफ्रिकामा भेटिएका संक्रमितमा ओमिक्रोन पुष्टि भएपछि डब्लुएचओले यसवारे विश्वलाई सचेत हुन भनेको थियो ।

तर डब्लुएचओले सचेत हुन विश्व समुदायलाई भन्नु भन्दा पहिला नै ओमिक्रोनका संक्रमित नेपाल भित्रिसकेको पुष्टि भएको छ । जनसंख्या मन्त्रालयले सोमवार यसवारे पुष्टि गरेको हो । एक जना विदेशी नागरिकमा ओमिक्रोन पुष्टि भएको थियो । तर मन्त्रालयले यसवारे त्यतीबेलै सार्वजनिक गरेको थिएन । विश्वस्वास्थ्य संगठनले सचेत गराएपछि भने मन्त्रालयले पनि नेपालमा जोखिम बढेको भन्दै त्यसवारे जानकारी दिएको हो ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नोभेम्बर ९ मा पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको हो । त्यस लगत्तै मंसिर ७ मा विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्ट विश्वमा आएको भन्दै जानकारी गरायो । नेपालमा भने मंसिर ४ मै ओमिक्रोनका २ संक्रमित भेटिएका थिए ।

डब्ल्यूएचओले भेरियन्ट अफ कन्सर्नमा राखेको ओमिक्रोन नेपालमा पनि भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पुष्टि गरेको छ । मन्त्रालयले पत्रकार सम्मेलन गरी दुई २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको जानकारी दिएको हो । नेपालमा देखिएका संक्रमित पनि अफ्रिकी मुलुक हुँदै आएका थिए । पहिलो ब्यक्ति ६६ वर्षीय हुन् । त्यसपछि उनको सम्पर्कमा आएका अर्का ब्यक्तिलाई पनि मंसिर ७ मा ओमिक्रोन पुष्टि भयो । विदेशवाट आएका ६६ वर्षीयको पिसिआर नेगेटिभ आएको थियो ।

उनको सम्पर्कमा आएका ब्यक्तिमो कोभिडको लक्षण देखिएको थियो । दुबैको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १९ मंसिरमा नयाँ भेरियन्ट ओमिक्रोन भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अर्थात नयाँ भेरियन्ट बी।१।१।५२९ बारे दक्षिण अफ्रिकाले डब्ल्यूएचओलाई जानकारी गराउँदा नगराउँदै नेपालमा पनि संक्रमण भित्रिसकेको थियो । सोमबार औपचारिक रुपमा पुष्टि मात्र भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता