Logo

सार्वजनिक स्थलमा जानका लागि जब डाक्टरले नै लगाए नक्कली पाखुरामा कोभिडको खोप



 

काठमाडौ । सार्वजनिक स्थलमा जानका लागि पास पाउन एक जना चिकित्सकले नै नक्कली पाखुरामा कोभिडको खोप लगाएका छन् । यो घटना इटालीमा भएको हो । एक जना दन्त चिकित्सकले नक्कली पाखुरामा कोरोनाविरुद्धको खोप लगाएको खुलेको छ। सार्वजनिक स्थलमा प्रवेश पाउने आशाले उनले नक्कली पाखुरामा सो खोप लगाएको खुलेको हो।

इटालीको उत्तरी सहर वियल्लाकी नर्स फिलिप्पा बुआका अनुसार नाम नखुलाइएका ती चिकित्सकले बिहीबार कोभिड९१९ विरुद्धको खोप लगाउने क्रममा सिलिकनबाट बनेको कृतिम पाखुरा दिएका थिए।

नक्कली पाखुरा लगाएर आएका ५७ वर्षीय चिकित्सकबारे अनुसन्धान चलेको थियो। अनुसन्धानपछि उनले आफू सार्वजनिक स्थलमा उपस्थित हुन पूर्ण खोप लगाउनु परेको र नक्कली पाखुरामा खोप लगाएको बयान दिएका थिए।

नक्कली पाखुरामा खोप लगाएका ती चिकित्सकमाथि हालः मु द्दा लागेको स्थानीय मिडियामा खबर छ। उनले कोभिड९१९ विरुद्धको खोप अस्वीकार गर्ने मनसायले नक्कली पाखुरा प्रयोग गरेको भन्दै उनीमाथि सो मु द्दा अघि बढाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता