Logo

चीनमा कोभिड फर्कियो : लान्चो शहरमा ४० लाख जनसंख्या घरभित्रै



 

एजेन्सी । चीनवाट सुरु भएको कोभिडले विश्व ढाक्यो । अझै त्यसको प्रभाव विश्वमा कायम छ । कोभिड नियन्त्रणमा ल्याएको चीनमा फेरी संक्रमण बढेको छ । चीनको केही शहरमा कोभिड संक्रमण बढेपछि मानिसहरु फेरी घर भित्रै बस्न थालेका छन् । संक्रमण रोक्नका लागि सरकारले लान्चो शहमा लकडाउन लगाएको छ । अत्यन्तै जरूरी परे मात्र घरबाट बाहिर निस्कन मानिसहरूलाई सरकारले अनुमति दिएको छ ।

चीनभरिमा कोरोनाका २९ नयाँ संक्रमित फेला परेकोमा ६ संक्रमित लान्चोमा मात्र छन् । उत्तरपश्चिमी प्रान्त गान्सुको राजधानी लान्चोको जनसंख्या ४० लाखभन्दा बढी छ । शहरमा मानिसहरूको आवागमनमा कडा निगरानी गरिने अधिकारीहरूले बताए ।

मानिसहरूलाई अत्यावश्यक सामान किन्न र औषधोपचार गर्नका लागि मात्र घरबाट निस्कन दिइनेछ । त्यसका लागि पनि स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ । स्थानीय नागरिकहरूलाई एकअर्कासँग भेट्न प्रतिबन्ध लगाइएको छ ।

सोमवार इन्नर मंगोलियाको एजिन काउन्टीका मानिसलाई पनि घरैमा बस्न भनिएको छ । त्यहाँ गत साता १५० भन्दा बढी संक्रमित फेला परेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक हप्तामा कोभिड संक्रमण ११ राज्यमा फैलिएको जनाएको छ । राजधानी बेइजिङमा मात्र संक्रमितको संख्या २१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता