Logo

सरकारको नयाँ योजना  : वडा(वडामा गएर सबै ४० वर्ष माथिका नागरिकको पिसाब जाँच गर्ने



 

काठमाडौ । सरकारले नयाँ योजना ल्याउँदै मुलुकका सबै ४० वर्ष माथिका नागरिकको पिसाव जाँच गर्ने भएको छ । वडा वडामा स्वास्थ्यकर्मी परिचालन गरी पिसाव जाँच गर्ने भएको छ । वर्षेनी नागरिकले मिग्रौला सम्बन्धी समस्याका कारण ज्यान गुमाउने अवस्था आउन नदिन सरकारले नयाँ योजना ल्याएको छ । यसरी ४० वर्ष माथिका नागरिकको पिसाव जाँ गर्दा ६५ लाख ३७ हजार ३ सय २९ जना लाभान्वीत हुन्छन् ।

जनसंख्या मन्त्रालयले त्यसको तयारी पनि थालिसकेको छ । देशका प्रत्येक वडा वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा। कृष्ण पौड्यालले जानकारी दिए ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले मिर्गौला रोगबाट जोगाउन पूर्व सुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको जानकारी दिइएको हो । ४० बर्ष माथिका देशभरका नागरिकको पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने जानकारी काय्रममा दिइएको छ ।

अस्पतालले मिर्गौला रोगीको चाप धान्न नसक्ने भएकाले अब रोकथामका लागि यस्तो गर्न लागिएको मन्त्रालयले जनाएको छ । सरकारले यो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ४० वर्ष माथिका नागरिकको र क्त चाप, पिसाब तथा र ग तमा ग्लुकोज जाँच, स्तन क्या न्स र र पाठेघरको मुखको क्या न्स रको वर्षमा एकपटक निःशुल्क जाँचको व्यवस्था गरेको थियो । सोही नीति कार्यान्वयन स्वरुप ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता