थप १ हजार ४ सय ७८ जनामा संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ७८ जना कोरोना सङ्क्रमित थपिएका छन्। १३ हजार ९ सय ३० जनाको परीक्षण गर्दा पिसिआर विधिबाट १ हजार २ सय ५१ जना र एन्टीजेन विधिबाट २ हजार ८ सय ६३ जनामा संक्रमण पुष्टी भएको हो।
त्यस्तै सोही अबधिमा संक्रमण भएका १ हजार ६ सय ३० जना कोरोना मुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या २१ हजार १ सय ३९ रहेको छ। पछिल्लो २४ घण्टामा संक्रमण भएका ६ जनाको मृत्यु भएको छ। हालसम्म संक्रमण भएका ११ हजार ५९ जनाको मृत्यु भएको छ। एक दिनमा १ लाख ५६ हजार १८ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ।
सरकारले कोरोनाको रोकथाम र नियन्त्रलाई प्रमुख प्राथमिकताका बनाएर कोरोना बिरुद्धको खोप अभियान प्रभावकारी रुपमा अगाडि बढाएपछि काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोनाको दुवै डोज खोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा पनि ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना विरुद्धको दुवै डोज खोप लगाइसकेका छन्।
सरकारले असोज मसान्तसम्ममा खोप लगाउनयोग्य मध्ये ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्य सहित अभियानलाई प्रभावकारी रुपमा अघि बढाएको छ। प्रधानमन्त्री देउवाले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई दुवै डोज खोप लगाउनेगरी प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। वाग्मती प्रदेशमा २९ प्रतिशतले दुवै डोज खोप लगाएका छन् ।