कल्याण चौलागाईंको निर्देशनमा ‘सिन्धुपाल्चोक घुम्न जाउ’ सार्वजनिक
काठमाण्डौं,बैसाख १३ । बैरागी च्याङ्बा र सोनाम ह्योल्मोको आवाजमा रहेको ‘सिन्धुपाल्चोक घुम्न जाउ’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बैरागी च्याङ्बाको शब्द तथा संगीत रहेको यस गीतमा कर्संग लामाको मिक्सिङ्ग र एरेन्ज रहेको छ । मिङ्मार शेर्पा,शम्भु शेर्पा,प्रनवी लामा,लमु शेर्पाको अभिनय रहेको यस भिडियोलाई रबिन्द्र लम्सालले छायाँङ्कन,रोनिस तामाङ्गले ड्रोन र जोन राईले सम्पादन गरेका हुन् ।
कल्याण चौलागाईंको निर्देशन तथा कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई ‘बैरागी च्यांग्बा अफिसियल’ नामक युट्युव च्यानल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।