गीतकार जानुका लिम्बुको यस्तो ‘एउटा संसार’ बोलको भिडियो सार्वजनिक

काठमाण्डौं,चैत १६ । गीतकार तथा साहित्यकार जानु काम्बाङ लिम्बुको शब्द रचना रहेको आधुनिक नयाँ गीत ‘यस्तो एउटा संसार’ सार्वजनिक भएको छ ।
साउथ इष्ट लन्डन स्थित क्याप्रीकर्न मेम्बर्स क्लवमा आयोजित एक विशेष समारोहबीच ‘यस्तो एउटा संसार’ बोलको गीतमा बनेको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
गंगाराज राईको स्वर÷संगीत र सुनिता थेगिमको आवाज रहेको सार्वजनिक भएको हो ।
उदयराज पौडेलले एरेन्ज गरेको म्युजिक भिडियोमा रोजिना ढकाल र ध्रुव दत्तले अभिनय गरेका छन् । भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् । भिडियोको निर्मात्री सुमन पुन हुन भने निर्देशन कुशल श्रेष्ठको रहेको छ ।