Logo

गीतकार सुनिता प्रसाईको ‘तिम्रो नजरमा’ बोलको भिडियो सार्वजनिक ( भिडियो सहित )



काठमाण्डौं,चैत १ । लामोसमय देखी साहित्य र गीत लेखनमा कलम चलाउँदै आउनु भएकी गीतकार सुनिता प्रसाईको ‘तिम्रो नजरमा’ बोलको भिडियो युट्युबमा सार्वजनिक भएको छ । गीतमा स्वर बिष्णु अधिकारीले दिएका छन भने गीतको सङ्गीत पनि अधिकारी कै रहेको छ । त्यस्तै  शब्द सुनिता प्रसाईको रहेको छ ।

आधुनिक गीतसंगीतमा सजिएको उक्त गीत एक प्रेमिल भावमा उत्प्रेरितभएका शब्दहरुले गीतकारलाई उच्चकोटिको गीतकारका रुपमा प्रस्तुत गर्न सफल देखिएको छ  । यस्तै गायक तथा संगीतकार अधिकारीको सङीत र स्वर पनी कोमल भाव झल्किएकाले दर्शक श्रोताले रुचाउने देखिन्छ । गीतलाई ओपल म्युजिक स्टुडियोको युट्युब च्यानल मार्फत हेर्नसकिन्छ । हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता