Logo

गायक सुवास खत्रीको स्वरमा ’रुदै हिड्नु पर्छ ’ सार्वजनिक



काठमाण्डौं,फागुन २८ । गायक सुवास खत्री , सुनिता बुढा क्षेत्री र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ’रुदै हिड्नु पर्छ ’को भिडियो सार्वजनिक गरिएको छ । ’रुदै हिड्नु पर्छ ’ बोलको लोक तथा दोहोरि गीतमा सुजित खत्रीको शब्द तथा हेमन्त कान्छा रसाइलीको संगीत रहेको छ। गीतमा सारिका केसी र दिनेश पुरीको अभिनय देख्न सकिन्छ । गीतमा परदेशी भुमीमा जिवनमा सुनौला सपना बोकेर हिडेका युवाहरुको पिडा र व्यथालाई गीतमा समेटिएको छ ।

विशाल घिमिरेको निर्देशन  रहेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन नविन धर्ति मगरले गरेका छन् । गीतको भिडियोलाई सुवास खत्रीको अफिसियल युटुव मार्फत बजारमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता