Logo

कर्मा ग्याल्जेन र बबिता मानन्धरको स्वरमा  ‘आँखों से कह दो’ सार्वजनिक ( भिडियो सहित )



काठमाण्डौं,फागुन १६ ।  गायक कर्मा ग्याल्जेन बोम्जन र गायिका बबिता मानन्धरको सुमधुर स्वरमा रहेको हिन्दी गीत ‘आँखों से कह दो’ सार्वजनिक भएको छ ।
बेलायत बस्दै आएका संगीतकार तथा गीतकार विदेहमणि उपाध्यायको शब्द, संगीत रहेको प्रेमिल शैलीको यस गीतलाइ डेनियल गदालको एरेन्ज गरेका हुन् ।

आयुष खड्का र एन्जिला बानियाको रोमान्टिक अभिनय रहेको गीतको भिडियोलाई युवा निर्देशक अनुप चापागाईले निर्देशन गरेका हुन् । बुद्ध थापाको सिनेमाटोग्राफी ,भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।

भिडियोलाई रहिल अहमद अफिसियल ( Raheel Ahmed Official ) च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता