Logo

गायक कमल राईको ‘के छ त्यस्तो’ मा करुणाको बेजोड अभिनय



काठमाडौँ । गायक कमल राईको नयाँ गीत ‘के छ त्यस्तो’को भिडियो रिलिज गरिएको छ । गायक राईकै शब्द, संगीत तथा एरेन्जमा तयार के छ त्यस्तोमा पछिल्लो पुस्ताकी  चर्चित मोडल तथा नायिका करुणा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोमा नायिका करुणा एक समाजसेवीको भूमिकामा देखा परेकी छिन् ।

भिडियोमा करुणासँगै गायक राईको पनि अभिनय देख्न सकिन्छ । करुणाको सामाजिक कर्म, सहयोगी भावना र सफा मन देखेर गरिएको एकतर्फी प्रेमलाई भिडियोमा देखाइएको छ ।
निकै नै मेहेनत गरेर बनाइएको भिडियोमा करुणा परी झै सुन्दरी देखिएकी छिन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक राई स्वयमकै निर्देशन रहेको भिडियो उनले नेपाल आएको मौकामा छायांकन गरेका हुन् ।

गायक राईले अमेरिकामा नै आफ्नै निर्देशनमा ३ दर्जन बढी भिडियो निर्देशन गरेर बजारमा ल्याइसकेका छन् । सार्वजनिक भिडियो नक्षत्र फाउण्डेसनको प्रस्तुतीमा तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता