Logo

‘गुञ्जन’ को नयाँ गीत ‘केबल तिम्रै तिर’ सार्वजनिक



काठमाण्डौं,पुष ३० । ‘गुञ्जन’ को नयाँ गीत ‘केबल तिम्रै तिर’ सार्वजनिक गरेको छ । गीतमा फिल्मका मुख्य कलाकार अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

निशान भट्टराई र श्रेया सोताङको स्वर, रवि मल्लको शब्द तथा कल्याड सिंहको संगीत रहेको गीतमा कोरियोग्राफी कबिराज गहतराजको रहेको छ । फिल्म आगामी शुक्रबारबाट प्रदर्शनमा आउदैछ ।

अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा सारा र प्रितमको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।

निर्देशक अष्ट विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका ब्यक्ति हुन् । उनको निर्देशनमा यो डेब्यु फिल्म हो । फिल्म राम्रो बनेकोले दर्शकले रुचाउने अष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता