Logo

अभी लामा र अनिता गोले अभिनित ‘दर्शन होर्छे’ बजारमा



काठमाडौँ । मोडल एंव निर्देशक अभी लामा र अनिता गोले अभिनित ‘दर्शन होर्छे’ बजारमा आएको छ । आनभी प्रोडक्सनको अफिसियल युटुब च्यानलमार्फत उक्त गीत सार्वजानिक गरिएको हो ।

उक्त गीतलाई वरिष्ठ गायक एंव संगीतकार विश्व दोङले शब्द रचना, संगीत, संगीत संयोजन र गाएका हुन भने फिमेल भोकलमा सुमिना लोले साथ दिएकी छन । दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतलाई सरगम स्टुडियोमा रेकर्ड गरेका हुन । मोडल एंव निर्देशक अभी लामा, अनिता गोले,प्रेम थिङ, रोहनी लामा र कुइसाङ रुम्बा(अतिथी कलाकार) को अभिनय समेटिएको म्युजिक भिडियोलाई उनै मोडल एंव निर्देशक अभी लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन ।

विशाल थापा र सजित के घिसिङले छायांकन,फराज अर्पणले सम्पादन, सजित के घिसिङले ड्रोन छायांकन गरेको म्युजिक भिडियोलाई ९ वटा अडियो प्लेटफर्मबाट पनि सार्वजानिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता