Logo

ओली भिजन भएका नेता हुन् : महानायक राजेश हमाल



काठमाण्डौं,कार्तिक २८ ।  महानायक राजेश हमालले समकालिन नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीको जस्तो भिजन भएको नेता नरहेको भन्दै ओलीलाई साथ दिन अपिल गर्नुभएको छ ।

एक टेलिभिजन अन्तवार्तामा महानायक हमालले अहिलेको आवश्यकता ओली नै रहेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ । ‘आजको राजनीतिक परिवेशमा केपी ओली अपरिहार्य ब्यक्ति हो, उहाँलाई नै साथ दिनुपर्छ,’ अन्तवार्ताको क्रममा महालले भन्नुभएको छ ।

हमालले आफू नेकपा एमालेको कार्यकर्ता वा समथृन नभएको तर ओलीको काम र उहाँमा रहेको क्षमताका कारण साथ दिनुपर्ने निश्कर्षमा पगेको पनि बताउनु भएको छ ।

‘एउटा नेतामा हुनुपर्ने गुण केपी ओलीमा छ । एउटा नेतामा हुनुपर्ने गुण उहाँमा छ, केवल राजनीतिक रुपमा मात्रै होइन, सवै क्षेत्रमा उहाँ अब्बल हुनुहुन्छ । उहाँ सहज रुपमा बिभिन्न पृष्ठभूमि, बिभिन्न ब्यक्तिहरुसँग घुलमिल हुनसक्ने क्षमता छ ।

समाजमा बिभिन्न पक्ष हुन्छ, ती सवैमा केपी ओली निपुन हुनुहुन्छ,’ हमालले भन्नुभएको छ, ‘आजको घडीमा नेपाललाई नेतृत्व गर्न केपी ओली असाध्यै सक्षम हुनुहुन्छ । म एमाले बनेको छैन, बन्ने संभावना पनि छैन तर केपी ओली राम्रो नेता हो, उहाँलाई साथ दिनुपर्छ भन्ने कुरा म ढुक्क साथ भन्छु ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता