Logo

छक्का पञ्जा ४ को शुभ साइत भक्तपुरस्थित सुर्यबिनायकमा



काठमाण्डौं,साउन ९  । चर्चित कलाकार तथा निर्माता निर्देशक दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले छक्का पञ्जा ४ को शुभ साइत गरेको छ ।

दीपकराज गिरी र दीपाश्री निरौलाले सोमबार भक्तपुरस्थित सुर्यबिनायकमा शुभमुर्हत गर्दै आज बाट नै फिल्मको छायांकन सुरु गर्ने जानकारी दिए ।

आमा सरस्वती मुभिजको व्यानरमा निर्माण हुने छक्का पन्जा ४ यसपटक दीपाश्रीले निर्देशन नगरी निर्देशक हेम राज बिसिको निर्देशनमा बन्न लागेको हो ।

उक्त चत्रचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, माग्ने बुढा , राज आचार्य ९तितो सत्यमा छोरा० लगायतका कलाकार रहेका छन् ।

निर्माण पक्षले उक्त चलचित्र असोजमा ल्याउने तयारी गरेको छ । यो फिल्ममा दीपाले सहनिर्देशन गर्नेछिन् । यसअघि दुई सिरिजमा नै दीपाश्रीले निर्देशक गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता