Logo

रहिनन् निर्माता छवीराज ओझाकी ममतामयी आमा



काठमाडौँ । निर्माता छवीराज ओझालार्इ मातृशोक परेको छ । निर्माता ओझाकी ९९ बर्षीया आमा डम्बरकुमारी ओझाको आज बिहान धरानस्थित निवासमा निधन भएको हो । संगीतकार बसन्त सापकोटाले फेसबुकमा स्टाटस लेख्दै दिवंगत आमाको आत्माको चीर शान्तिको कामना गर्दै सोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

विभिन्न उतारचढावकाबिच पटक पटक डिर्भोसको सामना गर्दै आइरहेका उनले आमाका तस्विर र आमाको माया र ममताको कुरा गरिरहँदै आएका थिए । सामाजिक संजाल र टिकटकमा पनि छवीले आमासँग सम्बन्धित सामाग्रीहरु सेयर गरिरहन्थे ।

पछिल्ला दिनमा नायिका शिल्पा पोख्रेल प्रकरणपछि बलियो तरिकाले फेरि फिल्म क्षेत्रमा कमब्याक गर्ने तयारीमा रहेका एकसाथ आधा दर्जन फिल्म निर्माणको तयारी गरेका थिए ।

‘मंगलम’ बनाएपछि मौन बसेका छवि नयाँ फिल्मको तयारीमा रहेको र नयाँ फिल्मका लागि कलाकारहरुको खोजी गरिरहेका थिए छविले ।
नेपाली फिल्म क्षेत्रको ‘बाघ’ निर्माताका रुपमा चिनिएका उनले आफ्नो नयाँ फिल्ल्ममा नयाँ कलाकारहरुसँग काम गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता