Logo

चर्चित नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिने, को हुन् वर्षाका हुनेवाला पति  ?



 

काठमाडौं । चर्चित नायिका वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाधिने भएकी छिन् । नायिका केकी अधिकारीले गुपचुपमा बिहे गरेको खबर न सेलाउँदै अर्की नायिका वर्षा सिवाकोटी पनि विवाह बन्धनमा बाधिन लागेकी हुन् ।

हालै अमेरिका बाट फर्किएकी उनले आज लगन गाँठो कस्ने भएकी हुन् । पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले बिहे गर्न लागेकी हुन् । नाम नखुलाएता पनि निकट श्रोतको अनुसार वर्षाको जीवन साथी अमेरिकामा बसोबास गर्द छन् । बर्षाले पनि गुपचुपमै बिहे गर्न लागेकी हुन् ।

वर्षा प्रेम र रोमान्सका कारण चर्चामा आइरहने सुन्दरी हुन् । उनी यसअघि चलचित्र विकास बोर्डमा सदस्य नियुक्त भएका राज कटुवालसँग प्रेम सम्बन्धमा थिइन् । त्यसअघि पनि अमेरिकाका एक युवासँग पनि ब्रेकअप गरिसकेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता