सुनील सेट्टीकी छोरी आथिया क्रिकेटर केएल राहुलसँग बिहे गर्दै

एजेन्सी । बलिउड अभिनेता सुनिल सेट्टीकी छोरी आथिया सेट्टी क्रिकेटर केएल राहुलसँग प्रेम सम्बन्धमा छिन्।
भारतीय मनोरञ्जन अखबार पिंकभिलाका अनुसार उनीहरू यो वर्षको अन्त्यतिर विवाह गर्ने तयारीमा छन्। उनीहरूले दक्षिण भारतीय परम्परा अनुसार विवाह गर्न लागेका हुन्।उनीहरूको विवाहको तयारी समेत सुरू भइसकेको भारतीय सञ्चार माध्यममा उल्लेख छ।
केएल राहुलको जन्मदिनमा आथियाले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै एक पोस्ट लेखेकी थिइन्। केएलसँगको तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘जहाँ पनि तिमीसँग, जन्मदिनको शुभकामना सुनिल सेट्टी मैङ्गलोरबाट मुम्बई आएका हुन्। त्यस्तै, केएल राहुल पनि मैङ्गलोरकै बासिन्दा हुन्।