Logo

३ दिन अगाडी पल निर्दोष छन् भनेर बयान दिएकी गायिकाले नवलपरासी जिल्ला अदालतमा पुगेर यसो भनिछन्



 

काठमाडौं । अभिनेता पल शाहले कर णी गरेको भन्दै गत फागुन १५ गते नवलपरासीस्थित प्रहरी कार्यालयमा जाहेरी दिएकी नाबालिग गायिकाले तनहुँ जिल्ला अदालतपछि नवलपरासी जिल्ला अदालतमा पनि बयान फेरेकी छन् । बुधवार नवलपरासी जिल्ला अदालतमा उपस्थित भएर बकपत्र गर्ने क्रममा उनले आफूमाथि कर णी नभएको र पल शाह निर्दोष रहेको बयान दिएकी हुन् ।

अदालतमा बहसको क्रममा सरकारी वकिलहरुले नाबालिगलाई सोधेको प्रश्नमा उनले शाह निर्दोष रहेको र आफूमाथि केही नभएको बताएकी थिइन् । उनले आवेशमा आएर प्रहरीमा कर णी भएको भनी उजुरी दिएको अदालतसमक्ष बताएको कानुन व्यवसायीहरुले जानकारी दिएका छन् । आइतवार उनले तनहुँ अदालतमा पनि शाहले आफूलाई कर णी नगरेको बताएकी थिइन् ।

गत चैत २३ गते जिल्ला अदालत नवलपरासीले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिँदै बैशाख ७ गते अदालतमा उपस्थित हुन आदेश दिएको थियो । तनहुँ जिल्ला अदालतमा बकपत्रको कार्य सकिएपछि शाहलाई बुधवार विहान तनहुँबाट नवलपरासी लगिएको थियो । तनहुँपछि नवलपरासी जिल्ला अदालतमा पनि नाबालिगले बयान फेरेपछि शाह कानुनी रुपमा बलियो बनेका छन् ।

गत फागुन ११ गते नाबालिगले पल शाहविरुद्ध तनहुँ प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरी परेको चार दिनपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका पललाई गत चैत १० गते तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । नाबालिगको तर्फबाट शाहविरुद्ध प्रहरीमा जाहेरी दिने उनका पिताले समेत मंगलवार तनहुँ जिल्ला अदालतमा बयान हेरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता