Logo

यिनै ब्यापारीसंग अभिनेत्री केकी अधिकारिले गरिन सुटुक्क बिवाह



काठमाडौं । अभिनेत्री केकी अधिकारीले गुपचुप रुपमा बिहे गरेकी छन् । उनले बुधवार परिवारका सीमित सदस्यहरुको उपस्थितिमा व्यवसायी रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् । रोहितसँग उनी केही समयदेखि प्रेम सम्बन्धमा थिइन् । उनीहरुको अफेयरको बारेमा केकी नजिकका केही सीमित व्यक्तिलाई मात्र थाहा थियो । केकीले बिहीवार विवाहका तस्विरहरु सार्वजनिक गर्ने बताइएको छ ।

केकीका श्रीमान् रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह(संस्थापक तथा सीइओ रहेको बुझिएको छ । केकीको विवाहमा रीमा विश्वकर्मा लगायतका केही सीमित फिल्मकर्मीहरुको मात्र उपस्थिति रहेको थियो । विवाहपछि केकी श्रीमान् बस्ने काठमाडौंस्थित ग्रान्डी अपार्टमेन्टमा भित्रिएकी छन् । उनी पहिल्यैदेखि गुपचुप रुपमा विवाह गर्ने योजनामा थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता