Logo

झापाका सञ्जिव बराइलीसँग मेलिना राईको ‘इगेजमेन्ट’,



काठमाडौं । चर्चित गायिका मेलिना राईले सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । उनले २ वर्ष अघि नै इगेजमेन्ट गरेकोसमेत खुलाएकी छन् ।

गायिका राईले झापा विर्तामोडका सञ्जिव बराईलीसँग इगेजमेन्ट गरेको र अब चाँडै नै विवाह गर्न लागेको बताइएको छ । प्रेमी सञ्जिब बराइलीसँगको तस्वीर पहिलोपटक फेसबुकमा पोष्ट गरेकी हुन् ।

मेलिना र सञ्जिव पाँच वर्षदेखि गुपचुप प्रेममा थिए । सञ्जिव नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन् । उनको घर बिर्तामोडमा हो भने हाल काठमाडौंकै वासिन्दा हुन् । सञ्जिव गिटारिष्ट तथा गीत एरेञ्जर रहेको बताइएको छ ।

‘डेट फाइनल भएको छैन, तर यसै वर्ष विवाह हुन्छ,’ उनले भनिन् । नयाँ वर्षको अवसर पारेर तस्बिर सार्वजनिक गर्ने योजना भए पनि आफू बाहिर भएकाले एक दिन ढिला भएको मेलिनाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता