Logo

आलिया भट्ट र अभिनेता रणवीर कपुर विवाह बन्धनमा बाँधिए,



 

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर विवाह बन्धनमा बाँधिएका छन्। करिब पाँचवर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले आज मुम्बईमा परिवार र नजिकका साथीहरुको उपस्थितिमा विवाह गरेका हुन्।

भारतीय मिडियामा दुवैको सम्बन्ध र विवाहलाई लिएर धेरै गसिप भए पनि दुवैजनाले साधारण तरिकाले आज विवाह गरेका हुन्। अरु स्टारको विवाह समारोह झै पहिला नै मिडिया वा उनीहरुका शुभचिन्तकहरुलाई विवाह हुनेबारेमा जानकारी दिइएको थिएन। बुधवारमात्रै उनीहरुको विवाह हुने सार्वजनिक गरिएको थियो। स्थानीय मिडियाले दुवैको विवाहलाई बलिउडकै ‘लो प्रोफाइल’ विवाहको संज्ञा दिएका छन्।

 

यो जोडीले आफ्नो वैवाहिक सम्बन्धलाई निकै सस्पेन्समा राखेका थिए तर अहिले दुबै जना श्रीमान श्रीमती बनेका छन् । उनीहरुको विवाहसँग सम्बन्धित धेरै तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । फ्यानसँगै बलिउड सेलिब्रेटीहरूले पनि यो जोडीको विवाहबारे टिप्पणी गर्दै बधाई दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता