Logo

विवाह गरेको ५ वर्षमा आमा बनिन् भारती, सिंह



 

एजेन्सी । भारतीय हास्य कलाकार भारती सिंह विवाहको पाँच वर्षपछि आमा बनेकी छिन् । आइतबार उनले छोरालाई जन्म दिएकी छन् । भारतीका श्रीमान् हर्ष लिम्बाचियाले सोसल मिडिया मार्फत आफु बुवा बनेको जानकारी दिएका छन् ।

उनले पोस्ट सेयर गरेर प्रशंसकमाझ यो खबर सार्वजनिक गरेपछि बधाई दिइरहेका छन् । हर्षले भारतीसँगको एउटा सुन्दर तस्बिर पोस्ट गर्दै लेखे, ‘इट्स अ बोय’ । हर्षको यो पोस्टमा प्रशंसकदेखि सेलिब्रिटीले पनि उनीहरुलाई बधाई दिइरहेका छन् ।

भारतीले केही समय अघि एक अन्तरवार्तामा हर्षले उनको निकै राम्रोसँग हेरविचार गरिरहेको बताएकी थिइन् । यसबारे कुरा गर्दै भारतीले भनेकी थिइन्, ‘हर्ष मेरो नर्स जस्तै हुन् । जब मलाई कम्मर दुख्छ तब उनले पानी तताएर मेरो कम्मर मिचिदिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता