Logo

दोस्रो विवाह गर्दै बलिउड गायिका कनिका कपुर



काठमाडौं । बलिउड गायिका कनिका कपुर दोस्रो विवाह गर्ने तयारीमा छिन् । कनिका यही मेमा गौतम नामका एनआरआई व्यापारीसँग विवाह गर्दै छिन् । उनको पहिलो विवाह पनि एनआरआई व्यापारीसँग नै भएको थियो । तर, विवाहको लामो समयपछि उनीहरू अलग्गिएका थिए ।

कनिका र गौतम विगत एक वर्षयता डेटमा छन् । उनीहरु लण्डनमा विवाह गर्दै छन् । यद्यपि कनिकाले विवाहको खबरलाई अस्वीकार गरेकी छन् । यो जोडीको पहिलो भेट लण्डनको कुनै एक कन्सर्टमा भएको अनुमान लगाइएको छ ।

कनिकाले सन् १९९७ मा लण्डनमा बस्दै आएका एनआरआई व्यापारी राज चण्डोकसँग विवाह गरेकी थिइन् । उनीहरुले सन् २०१२ मा स’म्बन्धवि’च्छे’द गरेका थिए । उनीहरूको तीन सन्तान छन् । गायिका कनिका सुपरहिट गीत ‘बेबी डोल’बाट चर्चामा आएकी हुन् ।

बेबी डल लगायतका धेरै चर्चित गीतहरू निर्माण गरिसकेकी गायिका कनिका कपुर विवाह गर्ने तयारीमा छिन् । रिपोर्टहरू विश्वास गर्ने हो भने, कनिका यही वर्ष एनआरआई व्यापारी गौतमसँग विवाह गर्दै छिन्। कनिकाको यो दोस्रो विवाह हुनेछ । उनको यसअघि राज चन्दोकसँग विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता