Logo

पललाई ७ दिन न्यायिक हि रासतमा राखेर अ नुसन्धान गर्न अदालतको स्वीकृति



काठमाडौं । नाबालिगमाथि जब र्ज स्ती करणी गरेको अभियोगमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका नायक पल शाहलाई ७ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

तनहुँ जिल्ला अदालतले पललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँकाअनुसार पलमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलोपटक ७ दिनको समय दिएको छ ।

७ दिनको समयमा अनुसन्धान नसकिएमा अनुसन्धान गर्ने प्रयोजनका लागि पटकपटक गरी २५ दिनसम्म उनलाई न्यायिक हिरासतमै राख्न सकिन्छ । प्रहरीले अनुसन्धान सकी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाइसकेपछि सरकारी वकिलले पल विरु द्ध मु द्दा दर्ता गर्नेछ । तर अ नु सन्धानका क्रममा पलमाथि मु द्दा दायर गर्नु नपर्ने भएमा भने मु द्दा दर्ता नगरी तामेलीमा राखिदिन पनि सक्नेछ ।पल आइतबार मात्रै नवलपुरमा पनि जवरजस्ती कर णीको मु द्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता