Logo

पल शाहवि रु द्ध प्रहरीमा उजुरी दिन समीक्षा दिदी र भिनाजुको साथमा पुगिन तनहुँ जिल्ला प्रहरी कार्यालय



 

काठमाडौं । नायक पल शाहवि रु द्ध गायिका समीक्षा अधिकारीले प्रहरीमा जाहेरी दिएकी छन् । समीक्षाले बुधवार जबर्जस्ती करणी मु द्दा मा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर जाहेरी दर्ता गरेकी हुन् । उनी प्रहरीमा उजुरी दिन दिदी र भिनाजुको साथमा पुगेकी थिइन् ।

यसअघि पनि समीक्षाले पलविरुद्ध उजुरी दिने तयारी गरेकी थिइन् । तर, उनले प्रहरीमा उजुरी दिन लागेको सूचना पाएपछि पल शाह समीक्षालाई फकाउन पोखरा पुगेका थिए । त्यहाँ उनीहरुबीच सहमति भएको खबर बाहिर आएको थियो । तर, सोमवार अडियो रेकर्ड बाहिर आएपछि समीक्षाले तनहुँको दमौली पुगेर उजुरी दिएकी हुन् । समीक्षाले उजुरीमा कानून बमोजिम पल शाहलाई कडा सजायको माग गरेकी छन् ।

पलसँगको अडियो रेकर्डमा समीक्षाले विवाहको अड्डी कसेकी थिइन् भने महिला अधिकारकर्मी जस्मिन ओझासँगको अडियो रेकर्डमा उनले पल शाहले आफूमाथि जबर्जस्ती करणीको प्रयास गरेको, मायाको नाटक गरेर धो का दिएको, परिवारको अगाडि विवाहको वाचा गरेर पन्छिन खोजेको बताएकी थिइन् ।

नेपालको कानूनले १८ वर्षभन्दा कम उमेरकी किशोरीरबालिकासँग सहमतिमै राखेको यौ न सम्बन्धलाई पनि जबर्जस्ती करणी मान्ने गर्छ । यसमा कडा सजायको व्यवस्था छ । उजुरी परेसँगै प्रहरीले पल शाहको खोजी सुरु गरेको जानकारी प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता