Logo

नायक पल शाह र गायिका समिक्षा अधिकारी को गो प्य अडियो सार्बजनिक (अडियो सहित)



काठमाडौं । नायक पल शाह र नायिका समिक्षा अधिकारी केही समयदेखि सांगीतिक बजारको गसिपको केन्द्रमा छन् । गायिका अधिकारी र नायक शाहले केही म्युजिक भिडियोमा समेत काम गरेका छन् ।

पल र समिक्षाको चर्चा युटुबमा सार्वजनिक हुने म्युजिक भिडियोमा मात्र होइन, टिकटकका कारण पनि खुबै हुन्छ । मायाले भरिएको टिकटकमा समिक्षा र पल दिल खोलैर निकटता देखाउँछन् । समिक्षाले केही समय अगाडि कुरा गर्दै पल शाहको आफू ठूलो फ्यान भएको बताएकी थिइन् । तर, सांगीतिक बजारमा चलेको चर्चालाई मान्ने हो भने पल र समिक्षाको निकटता फ्यान र स्टारको मात्र होइन ।

समिक्षाले स्वर दिएका थुप्रै गीतमा पल शाहले अभिनय गरेका छन् । समिक्षा पनि पलसँग नजिक भएर टिकटक बनाउन उत्साहित हुने गर्छिन् । सामाजिक काममा समेत पललाई समिक्षाले साथ दिदै आएकी छिन् । केही महिना अगाडि पल र समिक्षाले अभिनय गरेको ‘सुर्ती मो’ड्दै’ बोलको गीत पनि सार्वजनिक भएको थियो ।

वुझिएअनुसार, एक टेलिभिजन कार्यक्रममा पल र समिक्षाको बिषयमा सार्वजनिक हुन लागेको एक रिपोर्ट समेत यी दुईको आग्रहमा रोकिएको थियो । पल र समिक्षा आफूहरुविचको स’म्बन्धको गसिप सार्वजनिक नहोस् भन्ने चाहन्छन् । के पल र समिक्षाको सम्बन्ध ‘स्टार र फ्यान’को मात्र हो या त्यो भन्दा पनि माथि छ  ? पक्कै पनि यी दुइले चाडै नै मुख खोल्लान् ।यस्तै गायिका समिक्षा अधिकारीले मोडल पल शाह र आफ्नो सम्बन्धबारे चलेको हल्लापछि आफूले फेसबुकमा यसअघि लेखेको स्टाटस सत्य नरहेको स्पष्टीकरण दिएकी छन।

उनीहरुबीचको सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा भएपछि यसअघि ३ महिना अघि फेसबुकमा लामो स्टाटस लेख्दै पल शाहबारे नराम्रो टिप्पणी नगर्न आग्रह गरेकी थिइन्। समिक्षाको स्टाटसपछि सो विवाद साम्य भएको थियो।तर्, पछिल्लो स्टाटसमा उनले आफूले सो स्टाटस कसैको अनुनयमा लेखेको र वास्तविकता भन्दा टाढा रहेर लेखेको स्पष्ट पारेकी छन। अब सबै कुरा खुलाईदिने समिक्षाले चे ताव नी दिएकी छन।पछिल्लो स्टाटसमा उनले लेखेकी छिन्, ‘म लामो केही भन्दिन, मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिए। अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।’ अहिले भने अडियो नै सार्वजनिक भएको छ जुन अडियो तल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता