Logo

अञ्जु पन्तलाई अपमान गरेर रचना रिमाललाई उनको गीत गाउन दिएपछि ‘ …..



 

काठमाडौं । अहिले रचना रिमालको श्वर रहेको एउटा गीत विवादमा परेको छ । खासगरी गायिका अन्जु पन्तको स्वरमा १५ वर्ष अघि रेकर्ड भएको गीतकार विपिन किरणको गजल नबिर्से तिमीलाई नपाएँ तिमीलाई‘ यतीबेला विवादमा परेको हो । गीतकार विपिन किरणले अञ्जु पन्तलाई तिरस्कार गरेको भन्दै आलोचना भएको छ ।

गीत संगीतका पारखी र कलाकर्मीहरुले नै सामाजिक सञ्जालमा आलोचना गरेका छन् । यस अघि यो गजललाई सुरुमा अन्जु पन्त र त्यसपछि पुरुष स्वरमा जगदिश समालको स्वरमा रेकर्ड गराएका थिए । यो गीत निकै चर्चित भएको थियो । अहिले नयाँ भर्सनमा रचना रिमाललाई गाउन दिएपनि गीतमा कतै अञ्जु पन्त र जगदिशको नाम छैन । श्रष्ठाहरुले यसको टिप्पणी गरेका छन् ।

अन्जु र जगदिशले आ आफ्नो स्वरबाट सर्वाधिक लोकप्रिय बनाएको यो गीतलाई अहिलेको भिडियोमा ती दुईको नाम नराखी रचनाकै गीत हो भनेर प्रस्तुत गरिएकोमा श्रष्टाहरुले आपत्ति जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता