Logo

लता मंगेशकरको सम्झनामा २ दिने राष्ट्रिय शोक मनाउंदै आफ्नो राष्ट्रिय झण्डा दुई दिनसम्म आधा झुकाउने



 

एजेन्सी । भारतकी आवाज गायिका लता मंगेशकरको निधन भएको छ । लता मंगेशकर ८ जनवरीमा भाइरसबाट संक्रमित भेटिएकी थिइन् । त्यसपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । लता झण्डै एक महिनादेखि अस्पतालको आईसीयूमा भेन्टिलेटरमा थिइन् ।

अस्पतालका चिकित्सक प्रतुत समदानीसहितको टोलीले लताको हेरचाह र उपचार गरिरहेको थियो । उनका परिवारले पनि लताको स्वास्थ्यको बारेमा सञ्चारमाध्यमलाई निरन्तर अपडेट दिइरहेका थिए । अहिले लता मंगेशकरले संसार छोडेकी छिन् । यस्तो अवस्थामा उनका फ्यानसहित परिवार र चलचित्र तथा संगीत क्षेत्रमा शोकको लहर छाएको छ ।

भारतले दुई दिनसम्म राष्ट्रिय शोक मनाउने भएको छ। चर्चित भारतीय गायिका लता मंगेशकरको सम्झनामा भारतले आइतबार र सोमबार दुई दिन राष्ट्रिय शोक मनाउने भएको हो।

भारत रत्न पुरस्कारबाट सम्मानित बनेकी गायिका मंगेशकरको शोकमा भारतले आफ्नो राष्ट्रिय झण्डा दुई दिनसम्म आधा झुकाउने भएको हिन्दुस्तान टाइम्समा खबर छ।
स्वरकी धनी भनेर चिनिने चर्चित भारतीय गायिका मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो। उनको आइतबार बिहान ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

मंगेशकरलाई कोभिड १९ संक्रमण भएपछि जनवरीको सुरुमा अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि उनलाई केही हप्तादेखि आइसियुमा राखिएको थियो। ३६ भन्दा बढी भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइसकेकी मंगेशकरले भारतीय फिल्म संगीतलाई नयाँ परिभाषा दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता